एक डोज मात्र लगाए पुग्ने १५ लाख डोज अमेरिकाको खोप नेपाल आइपुग्यो,अब कसले पाउँछन् यो खोप ?

काठमाडौं- अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको खोप नेपाल आइपुगेको छ।

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

खोप लिनका लागि स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विमानस्थल पुगेका थिए। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्।

नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ।

कसले पाउँछन्?

एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ। तर उक्त खोप क-कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। सोको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेकोछैन।

खोपका लागि धेरैको निवेदन आएको छ। तर पहिलो प्राथमिकताचाहिँ उमेर समूह नै छ।

समितिले वैदेशिक रोजगारीमा जाने कामदारलाईसमेत खोपका लागि प्राथमिकतामा राख्न सुझाएको छ। ‘जुन देशमा कामदार जाँदा खोप अनिवार्य गरेको छ, त्यस्तो देशमा जाने कामदारलाई प्राथमिकतामा राखिने भएको छ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।

शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गाको पहिरा खसेपछि एकतर्फी सञ्चालनमा रहेको उक्त ठाउँको ढुङ्गा सहितको पहिरा आज साँझ ५ः४० मा सफा गरिएको हो ।

ठूलो चट्टान ढुङ्गा फुटाई सडक सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“अब राजमार्गमा कुनै अवरोध छैन”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो । यसअघि यस ठाउँमा खसेको ढुङ्गाले राजमार्ग एकतर्फी हुँदा कयौँ सवारीसाधन बेलाबेलामा रोकिन पुगेका थिए ।

डाइभर्सनबाट यातायात सञ्चालन

तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखालामा डाइभर्सन निर्माण गरिएपछि सवारी वारपार शुरु भएको छ । पक्की पुल बाढीले भत्काएको ११ दिनपछि उक्त ठाउँबाट यातायात सञ्चालनमा आएको हो ।

व्यास नगरपालिकाले बनाएको ह्युम पाइपमार्फत आज सवारी साधन सञ्चालन भएको स्थानीयवासी यामबहादुर आलेले जानकारी दिनुभयो ।

“तत्कालका लागि अस्थायी रुपमा भने पनि सवारी सञ्चालन गर्ने सक्ने भएको छ, भोलिबाट बेलिब्रिज निर्माण शुरु हुन्छ”, उहाँले भन्नुभयो । बाढीले पुल भत्काएपछि यस भेगका सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button