एक किशोरी पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केपछि, देवीको रुप भन्दै हेर्नेको घुइचो
सप्तरीकी एक किशोरी पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केपछि जिल्लाभरि चर्चामा छिन् । जिल्लाको बलानबिहुल गाउँपालिका वडा नम्बर ६ रौतहटकी १४ वर्षिया मुनचुनकुमारी दास पोखरीमा डुबेको सात घण्टापछि जिवितै बाहिर निस्किएकी हुन् ।
गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारी फूल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पस्दा बेपत्ता भएकी थिइन् ।
साथीहरुसँग पोखरी नजिकै घाँस काट्न गएकी मुनचुन पोखरीमा एउटा मनमोहक फूल फुलेको देखेपछि घाँस काट्न छाडेर पोखरीमा पसेकी थिइन् ।
फूल नजिकै पुगेपछि अचानक उनी डुबेर बेपत्ता भईन् । सोबारे खबर पाउनासाथ प्रहरी र गोताखोरहितको टोली पुगेर सातघण्टासम्म खोजतलास गरेपनि उनी फेला नपरेको वडा अध्यक्ष सूर्यनारायण दासले बताउनुभयो ।
रात परिसकेकाले भोली बिहान पुनः खोजतलास गर्ने सल्लाह गरि फर्किन लाग्दा एक्कासी मुनचुनको चिच्याएको आवाज सुनेको र फर्किदा पूरै शरीर भिजेको र रोइरहेको अवस्थामा उनी फेला परेको वडा अध्यक्ष दासको भनाई छ ।
किशोरीले फूल टिप्न आफू पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् । किशोरको बयानपछि उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताउनुभयो । घटनाबारे चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले पनि उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताउनुभयो ।
कोरोनाको जोखिमका बीच धार्मिक आस्थाका आधारमा भिड उर्लिएपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।
चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा रन्जित झाले सात÷आठ घण्टा अक्सिजन बिना मानिस बाच्न नसक्ने बताउँदै आफूहरुलाई यस्ता कुरामा विश्वास नरहने जिकिर गर्नुभयो ।
बालबालिकाले यति ठूलो घटना गराए, बस भित्र भेटियो महिलाको शव
आइतबार काभ्रेमा बालबालिकाले ठूलो घटना गराएको आशंका गरिएको छ । बसभित्रै एक महिलाको शव फेला परेको छ । सो घटना सडक बालबालिका गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा केही सडक बालबालिकालाई पक्राउ गरेको छ । बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिलाको शव फेला परेको थियो ।
उनको कर णी पनि भएको प्रहरी अनुसन्धानमा देखिएको हो । घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको अभियोगमा तीनजना बालक र एक बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
चार जना पक्राउ परेका छन्, काभ्रे प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले भने, उनीहरुको संलग्नता देखिएको छ । सोधपुछका क्रममा उनीहरुले महिलासँग सम्बन्ध राख्ने क्रममा बिबाद भएपछि घटना लुकाउन यस्तो गरिएको बताएका छन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ–४ धुसेनिस्थित भित्रि सडक खण्डमा मंगलबार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा चार जना सवार रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मानेभञ्ज्याङ–४ धुसेनि बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, सोही स्थानका ५० वर्षीया टुल्कीमाया आलेमगर र ५ वर्षीया बालिका डोलकुमारी आलेमगर रहेका छन्।
धुसेनितर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना भएको थियो । गम्भीर घाइते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो ४ बजे तथा बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको हो।
गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागि एम्बुलेन्सद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।