‘एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ’ भन्दै यी ब्याक्ति अस्पतालमै पागल भएपछि… (भिडियो सहित)

भारतमा कोरोनाभाइरस महामारीको घातक दोस्रो लहरका कारण अस्पताल र मसानघाटहरूले चाप थेग्न सकेका छैनन् भने अक्सिजन तथा औषधिको व्यापक अभाव भइरहेको छ। अहिले कोरोनाभाइरस महामारीले भयावह रूप लिएको छ।

महामारीको दोस्रो लहर सुरु भएपछि भारतका अस्पताल र स्वास्थ्यसेवा प्रणालीमा गम्भीर सङ्कट उत्पन्न भएको छ।

भारतमा नयाँ भेरिअन्टको पनि असरले गर्दा सङ्क्रमण तथा बिरामीको मृत्यु हुने सङ्ख्या तीव्र गतिमा बढिहरेको छ। त्यहाँ रेकर्ड सङ्ख्यामा नयाँ सङ्क्रमितहरू फेला परे। सर्वाधिक सङ्ख्यामा दैनिक मृत्यु पनि भयो।

तर सङ्क्रमणका मामिलाको अनि मृत्युको वास्तविक सङ्ख्या अधिकारीहरूले दिएकोभन्दा निकै धेरै हुनसक्छ। कैयौँ मानिसहरूले परीक्षण गराएका छैनन् वा गराउन सङ्घर्षरत छन्। ग्रामीण भेगमा भएका कैयौँ मृत्युको दर्ता पनि गरिँदैन।

राजधानी दिल्लीमा चिकित्सकहरूले मानिसहरू अस्पतालबाहिर मरिरहेको विवरण दिएका छन्। देशमा सघन उपचारका वार्डहरूको सधैँ अभाव हुने गरेको छ। बिरामीका आफन्तहरूले आफ्ना मान्छेका निम्ति शय्या खोज्न धेरै टाढासम्म पुग्ने गर्छन्।

करिब दुई करोड मानिसको बसोबास रहेको दिल्लीमा अस्पतालहरू भरिएका छन् र नयाँ बिरामी फर्काइएका छन्। अस्पताल बाहिरका कैयौँ गल्लीहरूमा गम्भीर बिरामीहरूको भिड लागेको छ।

तिनका आफन्त स्ट्रेचर तथा अक्सिजन जुटाउन लागिपरेका छन् अनि अस्पतालका अधिकारीहरूसँग भित्र बस्न ठाउँको निम्ति याचना गरिरहेका छन्।

हामीले तीन दिनदेखि शय्या खोजिरहेका छौँ,” आफ्नी पत्नीलाई सडकमै बसाएका एक पुरुषले रोएटर्स समाचारसंस्थालाई भने। सरकारले सैन्य मेडिकल पूर्वाधारहरू पनि गैरसैनिकका निम्ति उपलब्ध गरायो।

साथै सेनाबाट अवकाश पाइसकेका औषधोपचारमा प्रशिक्षित जनशक्तिलाई कोभिड अस्पतालमा मद्दत गर्न पठाइने बतायो।

भारतभरि अस्पतालहरूले अक्सिजनको अभाव झेलेका छन्। कैयौँ अस्पतालहरूले आपूर्ति सङ्कटबारे सावधान गराउने सूचना टाँसेका छन्।

पीएटीएच अक्सिजन नीड्स ट्र्याकरका अनुसार सबै निम्न, निम्नमध्यम तथा उच्चमध्यम आय भएका देशहरूको तुलनामा अहिले भारतमा सबभन्दा धेरै अक्सिजन माग बढेको छ।

हरेक दिन माग ६-८% बढिरहेको सो संस्थाले जनाएको छ। सो संस्था स्वास्थ्य समस्यासँग जुझ्न विश्वव्यापी संस्था एवं निकायहरूसँग मिलेर काम गर्ने गर्छ। दिल्लीको मणिपाल अस्पतालको कोभिड वार्डमा कार्यरत डा. हरजितसिंह भट्टीले अस्पतालबाहिर अक्सिजन नपाएर छटपटाइरहेका बिरामीहरूलाई ‘पानीबाहिर माछा’ तड्पिएको दृश्यसँग तुलना गरे।

“उनीहरूले अक्सिजन पाएका छैनन् र सडकमै ज्यान गुमाइरहेका छन्,” उनले भने।

सामान्यतया भारतमा कुल अक्सिजन आपूर्तिको १५% मात्र स्वास्थ्य उपचार संस्थाहरूले प्रयोग गर्छन्। बाँकी औद्योगिक प्रयोगमा आउँछ।

तर यो दोस्रो लहरको बेला झन्डै ९०% अक्सिजन आपूर्ति – प्रतिदिन ७५०० मेट्रिक टन – मेडिकल प्रयोगमा खर्च भइरहेको एक वरिष्ठ स्वास्थ्य अधिकृत राजेश भूषणले बताए।

आवश्यक ठाउँमा अक्सिजन आपूर्ति गर्न सरकारले “अक्सिजन एक्सप्रेस” सुरु गरेको छ, जसमा अक्सिजन ट्याङ्करहरूलाई रेलले ओसारिरहेका छन्। भारतीय वायुसेनाले पनि सैन्य शिविरहरूबाट अक्सिजन हवाई मार्गमार्फत् ओसारिरहेको छ।

शय्या अभावसँग जुझ्न भारतीय अधिकारीहरूले रेलका डिब्बाहरूलाई आइसोलेशन वार्डमा परिणत गरेका छन्। मार्च २०२० मा स्वरूप बदलिएका करिब ४,००० भारतीय रेलका डिब्बाहरूलाई थोरै वा मध्यमस्तरका लक्षण देखिएका कोभिड बिरामी राख्न प्रयोगमा ल्याइएका छन्।

यति गर्दा पनि धेरै बिरामीहरूले उपचार नपाउने अवस्था देखिएको छ भने शोकाकुल परिवारले मृतकहरूको अन्तिम संस्कारका लागि पनि लामो पालो कुर्नुपरिरहेको छ।

कोभिड-१९ का कारण आफ्नी गर्भवती पत्नी गुमाएका एक व्यक्ति आफ्नो “मुटु लुछिएको” जस्तो भएको बताउँछन्।

बीबीसी संवाददाताले ती व्यक्ति र सासू गुमाएकी अर्की एक महिलासँग कुराकानी गरेकी छन्। हेर्नुहोस् यो भिडिओ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button