एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला?: नारायणकाजी श्रेष्ठ

नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।

नेता श्रेष्ठले दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला भनेर प्रश्न समेत गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले यो निर्णय ज्यादै गम्भिर रहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button