ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए ।

उनले अघि भने, ‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

बधाई दिने सुवास नेम्वाङको शैली : संसदमै सम्झिए देउवा ‘दमन’का दुई घटना

 शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । रोस्टममा उभिएर सम्बोधन गरेका उनले बधाई कम, प्रश्न धेरै गरे ।

देउवा सत्तामा हुँदा गरेको दुई ‘दमन’का घटना स्मरण गर्दै उनले अब यस्ता घटनाहरु नदोहोरियोस् भनेका छन् ।

घटना एक- गोलीको आँखा हुँदैन

नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिंदै नेम्वाङले २०४८ सालको एक घटना स्मरण गरे ।

त्यतिबेला देउवा गृहमन्त्री थिए भने प्रतिपक्षी दल एमाले सडकमा थियो ।

आन्दोलनका क्रममा ७ वर्षका बालक अनिश शाक्य र १३ वर्षीया सम्झना दाहालको गोली लागेर मृत्यु भएको थियो । 

उक्त घटनाबारे संसदमा प्रश्न उठ्यो र जवाफ दिने क्रममा देउवाले ‘गोलीको आँखा हुँदैन’ भनेका थिए ।

नेम्वाङले गृहमन्त्रीको हैसियतमा देउवाले दिएको विवादास्पद जवाफ स्मरण गराए ।

यद्यपि उनले देउवाको नाम भने लिएनन् । आफ्नै शैलीमा बधाई दिँदै उनले इतिहास स्मरण गराउँदै भने, ‘कसको पालामा हो त्यो चाहिं बिर्सें ।

एउटा बच्चा मरेको कुरा थियो । एकजनाले जवाफ दिनुभयो- गोलीको त आँखै नहुने रहेछ, लाग्यो । यो कसको पालामा हो त्यो मैले बिर्सिएँ ।’

घटना दुई– दौरा सुरुवाल लगाउँदा पनि ‘दमन’

एमाले संसदीय दलका उपनेतानेम्वाङले देउवालाई बधाई दिने क्रममा एमाले प्रतिपक्षी दलको रुपमा संघर्षमा उत्रने संकेत गरे ।

उनको चाहना बुझिन्थ्यो- दौरा सुरुवाल लगाएर आन्दोलन गर्दा पनि देउवाले पहिला जस्तै दमन नगरून् ।

उनले भने, ‘तत्कालीन पार्टीका तर्फबाट सिंहदरबारबाट भद्रकाली आउँदा दौरा सुरुवाल र टोपी लगाएपछि प्रहरीले पनि चिन्छन् भन्ने थियो तर सिंहदरबारको ढोकामा चेप्टिएको हिजो अस्ति जस्तै लाग्छ, कसको पालामा हो थाहा भएन ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button