उपत्यकामा लागू निषेधाज्ञा आज सकिँदै, अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन?

काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आज (साउन १०) गते मध्यरातिबाट सकिँदै छ।

अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन? आम जिज्ञासा छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेसम्म यस विषयमा कुनै छलफल हुन नपाएको बताएका छन्।

‘अहिलेसम्म केही छलफल भएकै छैन, मन्त्री पनि नयाँ आउनुभएको छ, हामी सीडीओबीच पनि कुनै छलफल हुन पाएको छैन,’ उनले भने, ‘अब आज छलफल होला।’

यसबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ।

अब निषेधाज्ञा नथप्ने हो कि?

जिज्ञासामा ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘थपिन्छ नै होला।’ अहिलेसम्म यसबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने समयसमेत तय भइनसकेको उनले बताए। आज राति १२ बजेबाट निषेधाज्ञा अवधि सकिने भएकाले आज छलफल गरिने उनको अनुमान छ।

यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा निर्णय गर्ने गरिएको थियो। कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको हो।

निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ।

विषालु च्याउको तरकारी खाँदा बाबु-छोराकै मृत्यु

इलामको फाकफोकथुम गाउँपालिकामा जंगली च्याउको तरकारी खाँदा बाबुछोराकै मृत्यु भएको छ।

फाकफोकथुम- १ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका १२ वर्षीय छोरा दिवस लिम्बुको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

एक साताअघि घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा उनीहरु गम्भीर बिरामी परेका थिए। समयमै उपचार नहुँदा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन्।

गम्भीर बिरामी पर्दा पनि उपचार नगरी झारफुककै भर पर्दा उनीहरुको मृत्यु भएको हो।

त्यस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताउनुभएको हो ।

वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय), सङ्घसंस्था तथा गाउँपालिकाभित्रको सबै सार्वजनिक निकायमा शोक बिदा दिँदै नियमित सेवा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछौँ ।”

मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउनुभयो ।

विकको निधनले आफूहरु निकै मर्माहत र स्तब्ध भएको पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button