उडिरहेको विमानमा कु टा कु ट : पाइलटको दाँत झर्यो, फ्लाइट एटेन्डेन्टको हात भाँच्चियो

एजेन्सी । उडिरहेको विमानमा पाइलट र कर्मचारीबीच भएको कु टा कु टको घटना एयरलाइन्सले ढिलो गरी जानकारी गराएको छ । चीनको दोङहाई एयरलाइन्सका पाइलट र फ्लाइट एटेन्डेन्टबीच यस्तो घटना भएको छ।

पाइलटको दाँत झरेको छ भने अर्का कर्मचारीको हात भाँचिएको बताइएको छ । यो घटना फेब्रुअरी २० तारिखमा भएको हो । साउथ चाइना मार्निङ पोस्टले घटनामा पाइलटको दाँत झरेको र फ्लाइट एटेन्डेन्टको हात भाँच्चिएको पुष्टि गरेको हो ।

गत फेब्रअरी २० मा भएको यस घटनाको बारेमा आइतबार एयरलाइन्सले जानकारी दिए पछि सार्वजनिक भएको हो।।

विमान ल्यान्ड हुन ५० मिनेट अगाडि पुरुष पाइलट र पुरुष फ्लाइट एटेन्डेन्टबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा हात हालाहालको अवस्थामा पुगेको हो ।

फ्लाइट नम्बर डीजेट६२९७ को विमान नानतोङदेखि सियानका लागि उडिरहेको थियो। सोही क्रममा विवाद भएको थियो। हाल विवादमा भाग लिने दुवैलाई निलम्बन गरिएको छ। एससीएमपीका अनुसार पाइलट बाथरुममा थिए।

त्यसबेला फर्स्ट क्लास क्याबिन प्यासेन्जरका एक यात्रुले पनि सोही बाथरुम प्रयोग गर्न चाहिरहेका थिए। पाइलटले आफ्नै स्थानमा गएर पालो पर्खन भन्दासमेत यात्रुले अटेर गरेपछि पाइलटले नजिकै रहेका पुरुष फ्लाइट एटेन्डेन्डलाई काम राम्रोसँग नगरेको भनेर झपारेका थिए।

सोही क्रममा भनाभन हुँदै जाँदा हात हालाहाल भएको थियो।

यो पनि,,,सुनैसुनको पहाड भेटियो ! खन्दै, माटो पखाल्दै, सुन निकाल्दै

काठमाडौं। ठूलो पहाडमा सुनैसुन भरिएको छ भन्ने खबर फैलियो भने के होला ? सुनजस्तो बहुमूल्य धातु पाउन त्यहाँ मानिसहरुको भीड अवश्यक लाग्छ । यस्तै सुनैसुनले भरिएको पहाड भेटिएपछि सुन खन्नको लागि स्थानीयको भीड लागेको भिडियो पछिल्लो समय भाइरल भइरहेको छ ।

पत्रकार अहमद अलगोहबरीले ट्वीटरमा सार्वजनिक गरेको यो भिडियो अफ्रिकी देश कंगोको भएको बताएका छन् । यहाँको एक पहाडमा ६० देखि ९० प्रतिशतसम्म सुन भएको बताइएको छ जहाँ अहिले माटो खनेर, धुलो पखालेर सुन जम्मा गर्ने मानिसको भिड लागेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यहाँ सुन खोज्न जानेहरु अत्याधिक भएपछि प्रान्तीय खानी मन्त्रीले बिहीबार यहाँ खानी उत्खननमा प्रतिबन्ध लगाएका छन् ।

कंगोको दक्षिण किभु प्रान्तको यो पहाडमा भीड बढेपछि यहाँ अझै राम्रोसँग जाँच नहुँदासम्मको लागि उत्खननमा प्रतिबन्ध लगाइएको छ । फेब्रुअरी महिनाको अन्तमा लुहिहीमा सुनयुक्त कच्चा पदार्थ भेटिएको खबर फैलिएपछि यहाँ सुन खन्नेहरुको भीड लाग्न सुरु भएको थियो ।

दक्षिण किभुका खानी मन्त्री भेनान्ट बुरुम मुहिगिरवाका अनुसार यो ठाउँ प्रान्तीय राजधानी बुकावुबाट लगभग ५० किलोमिटर टाढा छ । कंगोमा घरेलु औचार प्रयोग गरेर खानी उत्खनन गर्नु सामान्य कुरा हो ।

यहाँ पूर्व र उत्तरपूर्वी क्षेत्रमा कैयौं सुन खानीहरु पनि छन् । भीड बढेपछि उत्खननकर्ता, व्यापारी र कंगो सशस्त्र बलका जवानहरुलाई लुहिही वरिपरिका क्षेत्रबाट अर्को सूचना नभएसम्मका लागि तत्काल हट्न आदेश दिइएको छ ।

अब यी उत्खननकर्ताहरुलाई व्यवस्थित रुपले दर्ता गरेर मात्र उत्खननको लागि जान अनुमति दिइनेछ । गत वर्ष कंगोमा रहेका संयुक्त राष्ट्रसंघीय विशेषज्ञहरूको समूहले रिपोर्ट गरेअनुसार कंगोमा सुन उत्पादन व्यवस्थित तरिकाले निकै कम हुन्छ र यसका पूर्वी छिमेकीहरूमार्फत विश्वव्यापी आपूर्ति श्रृंखलाहरूमा कैयौं टन सुन तस्करी हुन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button