इतिहासमा प्रधानमन्त्री ओलीको नाम कालो अक्षरले लेखिनेछ : पम्फा भुसाल
माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् ।
उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिन् ।
उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन् । उनले हाम्रो जस्तो देशमा तीन तीन बर्षमा चुनाव हुन सक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन् ।
उनले लोकतन्त्रलाई बलियो बनाउन, देशलाई अग्रगमनतिर लैजान नयाँ सरकार बनोस् भन्ने कामना समेत गरेकी छिन् ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
5
+1
+1
+1