आफ्नै दाईले ९ बर्ष को उमेरमा मुम्बईमा बेचेकी चेली ४० वर्ष पछि पाकिस्तान हुँदै यसरी नेपाल आइपुगीन्, आफ्नो कथा सुनाउँदा आँशु रोकिएन (भिडियो हेर्नुस्)

९ वर्षको उमेरमा भारतमा बेचिएकी एक चेली ४० वर्षको उमेरमा अहिले नेपाल फर्केकी छन् । उनलाई माइती नेपालको सहयोगमा भारतमा बेचिएको बताइएको छ । उनी अहिले राम्रोसंग नेपाली बोल्न पनि जान्दिनन् । तपाईको नाम के हो ? भनेर हिन्दीमा सोध्दा राममाया हो भनेर बताउँछिन् ।

पिप्लेगाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बेचेको बताएकी छन् । जसले आफुलाई बेच्न लगेको थियो म तपाईलाई राम्रो काम दिलाईदिन्छु (सिलाई बुनाई सिकाइदिन्छु र पैसा दिलाइदिन्छु) भनेर लगेको उनको भनाई छ ।

फुपुको छोरीलाई पनि त्यसैगरी आफुसंगै लगेको महिलाको भनाई छ । मुम्बईमा बेचिएकी चेली अहिले पाकिस्तानवाट नेपाल फर्केकी हुन् । मुम्बईमा एक जना पाकिस्तानीले फेला परे ।

उनले म तलाई विवाह गर्छु अनि तँलाई नेपालमा आफन्तहरुकोमा लगिदिन्छु भनेर लिएर गएको बताएकी छन् । त्यो मान्छे धनि थियो । तर ति महिलाले मानिनन् । तर मुम्बईमा जसले उनलाई किनेको थियो । उसले धेरै पैसा पाएपछि भने त्यो पाकिस्तानीलाई नेपाली चेली बेचिदिए । यसरी उनी पाकिस्तान पुगेकी थिइन् ।

नेपालमा विपन्न युवती र महिलाहरुलाई पैसा कमाउने र राम्रो जिवन चलाउन सकिने भनेर दलालहरुले भारतमा लैजाने गरेका छन् । यस्तै प्रलोभनमा परेर उनी मुम्बई पुगेकी थिइन् । उनीसंगै फुपुकी छोरीलाई पनि लगिएको थियो । फुपुको छोरी उनी भन्दा ठुलो उमेरकी थिइन् ।

यो पनि,,सचिन परियारले आमा भेट्ने बितिकै मिडियामाथि खनिए गायक रबिन लामिछाने:बा-आमाको झगडामा सचिनलाइ मुछे

यो समय सामाजिक संजालमा भाइरल भएका सचिन परियारको पारिवारिक बिबादलाई लिएर चर्चित गायक रबिन लामिछानेले मिडियामाथि प्रश्न चिन्ह खडा गरेका छन।

लाइभ दोहोरीका राजा भनेर चिनिने रबिनले भने’मिडियाले जानी जानी सचिनलाइ बिबादमा ल्याएको हो,कानुनि कारबाहीमा जानु पर्ने केसमा मिडिया आफैले निर्णायक भूमिका खेलेको छ भोलि सचिनलाई न्याय मिडियाले दिएन भने सबै धेरै प्रश्न उठ्ने छ।’

रबिनले अन्तरबार्ताकै क्रममा सचिन परियारको बाबाको खुलेर बिरोध गरेका छन।भएका सन्तान र श्रीमतीलाई साहरा दिन छाडेर कान्छी बिहे गर्ने र उल्टो फेरी अर्को पनि बिहे गरेर देखाउछु भन्दै बोलेको बिषयलाई लिएर रबिनले आक्रोश व्यक्त गरे भने यो सब हुनुमा सचिनको बुबाको र मिडियाको ठुलो हात रहेको खुलेको छ।

यो भिडियो कुराकानी हेरौ :

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button