आज यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने,  प्रदेश नं १ तथा बागमती प्रदेशका एक(दुई स्थान  र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ ।

महाशाखाले भारी वर्षा हुने देशका पहाडी  भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको जानकारी दिएको छ भने हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।

साथै, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्।

वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ। 

परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा पुनःतयारीको दबाब दिएपछि विद्यालयहरूले सोमबारदेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा १२ को प्रि–बोर्ड परीक्षा सञ्चालन गरेका छन्।

 छाउनीमा रहेको काठमाडौं भ्याली स्कुल कलेजमा सोमबार पुग्दा विद्यार्थीहरू स्वास्थ्य सुरक्षाको मापदन्ड पूर्ण रूपमा पालना गरी प्रि–बोर्ड परीक्षाका लागि पुगेका थिए। 

विहानै सवेरै परीक्षाको तयारीकोलागि प्रि–बोर्ड परीक्षामा सहभागिता जनाउँन पुगेका विद्यार्थीहरू मास्क, स्यानिटाइजर, फेससिल्ड लगाएतका सम्पूर्ण मापदन्ड पालना गरेका थिए। मनमा कोरोनाको त्रास भए पनि आफ्नो परीक्षा ढिलाइ कारण भविष्य नै अन्योलमा परेकोले भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरेर परीक्षा दिन पाउदा खसी लागेको सुनाए ।

यति मात्र होइन प्रि–बोर्ड परीक्षाले विर्सेका विषयवस्तुहरू ताजा हुने विद्यार्थीहरूको भनाइ थियो।

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ ।

नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् ।

तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सकेका छैनन् ।

देउवा नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमै धाइरहेका छन् ।

नेपाल समूह सरकारमा सहभागी भएको खण्डमा नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय दिने सहमति बनेको छ ।

उता जसपा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएसँगै तत्काल सरकारमा सहभागी हुने भएको छ ।

परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय ताकेको जसपाले कम्तीमा ६ वटा मन्त्रालय लिने भएको छ । तर, नेपाल समूह सरकारमा सहभागी हुने नहुने निक्र्यौल नभएसम्म यसै भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button