आजको मौसम पूर्वानुमान : कुन कुन स्थानमा भारी वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले  प्रदेश नं १ र गण्डकी प्रदेशमा भने भारी बर्षाको संभावना रहेको हुनाले पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्य बदलीको अवस्था छ ।

भने, प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

र, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा स् अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे।

लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ।

यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ। 

सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन।

उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ।

बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्।

लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए।

घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए। 

‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button