आखिर यी छोरा ले के गरे ? आमाले भनिन :‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ न्धो हुनुपर्छ, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा ग र्भ मै तु हि यो स् र कसैलाई यस्तो छोरा नदिउन्’ (भिडियो)

आमाबुवाले भविष्यमा आफुलाई पनि सहयोग र हेरचाह गर्ला भन्ने आशाले आफ्ना सन्तानको पालन पोषण गर्छन । उनीहरुको भविष्यका लागि धेरै कुरा कम्प्रोमाइज गर्छन ।

उनीहरुका लागि अभिभावकले धेरै दुख सहन्छन् । तर उनी सन्तानले वृद्ध अवस्थामा आमाबुवाको संरक्षण गर्नु पर्ने बेलामा घर निकाला गर्दा ति बुवा आमालाई कति पि डा हुन्छ होला । जेठो छोरा डा प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गर्दै मिडिया सामु आएको खबर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

पर्वत कुश्मा वडा नम्बर ५ का स्थायी बाबु हरिकुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले आफुहरुलाई घर निकाला गरेको भन्दै न्याय माग् गर्दै सार्वजनिक भएका हुन् । उनीहरुले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर या त ना आएको जानकारी बताएका छन् ।

उनीहरुले केही दिन अघि पत्रकार सम्मेलन गरी हरी बहादुरले सानोभर्याङमा भएको सानोभर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए ।

‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने तर छोराले त्यही सम्पत्तिलाई दा बी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मु द्दा दिएको छ ।’

उनले छोराले आफुलाई डाक्टर भन्दै अंकलोजीमा पिएचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए ।

उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् ।

छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मु द्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् । उनले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् ।

यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ न्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा ग  र्भ मै तु हि यो  स् र कसैलाई यस्तो छोरा नदिउन् ।’

यो पनि,,,,,मैले भोगेको पीडाको एकएक हिसाब जुन दिन भगवानले फर्काउँछन् त्यो दिन मात्र मेरो आत्माले न्याय पाउँछ भन्दै अस्ताईन झापाकी रोजिला !

झापा सुरुङ्ग घर भएकी रोजिला आचार्यको निधन भएको छ । लामो समय देखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनको निधन भएको हो । बिवाह गरेपछि श्रीमानले मृगौला खराब भएको थाहा पाएपछि अलग बस्न लागेका थिए ।

सानैमा बुवा बितेपछि संघर्स गर्दै आएकी रोजिला जब बिवाह गरिन त्यसपछि झनै समस्यामा परिन । बिवाह पछि श्रीमानको साथ् पाउला भनेकी रोजिलाई लाइ सोचे भन्दा फरक समस्या आइदियो ।

बिरामी भएको थाहा पाएपछि श्रीमानले छोडेपछि समय कटाउन टिकटकमा आफ्नो पिडा पोख्ने गर्थिन रोजिला ।

टिकटकमा उनले बनाएका भिडियोहरु मा धेरैको सहानुभूति हुन्थ्यो त्यसैले होला उनले टिकटक बनाएर उनले समय बिताउंदै आएकी थिइन् । उनले टिकटक बनाएर हालेका भिडियो पछि उनि संग अलग बस्दै आएका श्रीमानले बिभिन्न नकारात्मक टिप्पणी गर्ने गरेको पनि खुलेको छ ।

उनले आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेख्दै यस बारेमा खुलाएकी हुन् । उनले फेसबुकमा लेखेकी थिइन्, म बिराम सँग लडेर विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पीडा कम गर्नको लागि बनाउँदा…. दुई चार मीठो बोलिबचन बोलेर जसोतसो दुई खुट्टा उभिएर संघर्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छोडेर गएका महान आत्माहरुले अझै पनि ममाथि र मेरो चरित्रमाथि हिलो छ्याप्न छोडेको रहेनछन्। बिरामी मान्छे एक्लै बस्न सक्छ? बिरामी मान्छे एसरी नाच्छ? ए मूर्ख हो तिम्रो गिदीमा गु नै भरिएको छ कि क्या हो? भनेर प्रश्न गरेकी छन् ।

अप्रिल १ अर्थात् ८ दिन अघि लेकको स्टाटसमा उनले निकै मार्मिक हुँदै आफ्ना भनाइ राखेकी छन् जुन जस्ताको तस्तै तल हेर्नुहोस

म बिराम सँग लडेर विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पीडा कम गर्नको लागि बनाउँदा…. दुई चार मीठो बोलिबचन बोलेर जसोतसो दुई खुट्टा उभिएर संघर्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छोडेर गएका महान आत्माहरुले अझै पनि ममाथि र मेरो चरित्रमाथि हिलो छ्याप्न छोडेको रहेनछन्। बिरामी मान्छे एक्लै बस्न सक्छ? बिरामी मान्छे एसरी नाच्छ?

ए मूर्ख हो तिम्रो गिदीमा गु नै भरिएको छ कि क्या हो?😡

१_कुन डक्टरले भन्छ बिरामीले खुशी हुनु हुँदैन?

२_कुन समाज कुन प्राणीले भन्छ एक बिरामी मान्छे हास्न सक्तैन, नाच्न सक्दैन?

३_इतिहास, पुराण र ग्रन्थ काँहाँ लेखिएको छ बिरामीले नाच्नु हुँदैन हाँस्नु हुँदैन भनेर?

४_बिरामी मान्छे एक्लै बस्न सक्दैन भने साथ दिनु थियो नि त… दियौ ? नदिएपछि मान्छे एक्लै बस्न बाध्य हुन्छ।

५_बिरामी मान्छे यसरी नाच्छ? कसरि नाच्नुपर्ने सिकाइदेअोनत ….. बिरामीले कसरि हाँस्नुपर्छ, नाच्नु पर्छ, सिकाइ दिनु पर्यो।

६_औपचारीकता निभाउनको लागि मात्रै सोध्छौ भने हस्पिटलको बेडमा लडी रहँदा पनि मेरो जवाफै त्यही हुनेछ। म ठिक छु।

तिमीहरु जस्तो parasite हरुमा खुन चुस्ने बाहेक अरु केही क्षमता रहेनछ…… गर गर अझै कुरा गर, अझै खुट्टा तान्दै गर तिमीहरूको पुर्ख्यौली पेशा त सम्हाल्नै पर्यो नि तिमीहरुले।

मान्छेको अगाडि बाहिर राम्रो देखाएर, आफु पिडित, आफू बिचरा बनिने प्रयास कतिदिन सम्म गर्ने हो ? डोकाले छोपेका दिन छर्लङ्ग देखिन्छ पृथ्वी गोलो छ याद राख्नुहोस्….. मानिसको मन, हृदय भित्रदेखि सफा हुनुपर्छ हजुर। मैले भोगेको पीडाको 1_1 हिसाब जुन दिन भगवानले फर्काउँछन् त्यो दिन मात्र मेरो आत्माले न्याय पाउँछ।

मलाई त आउँदैन बाहिर रामराम बगलीमा छुरा हान्न।🙏🙏
राधे राधे🙏🙏🙏🙏🙏

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button