असहज महसुस भएर अस्पतालमा भर्ना भएका पोखराका मेयरको स्वास्थ्यको बारेमा आयो यस्तो बिज्ञप्ति

उच्च र’क्त’चा’पका कारण म’स्ति’ष्कघा’त भई बिरामी हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ ।

म’स्ति’ष्कघा’त भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका जिसीको अस्पतालका न्यूरोसर्जन डा सुरज थुलुङ र डा शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ ।

शुक्रबार बिहान करीब ४ः०० बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च र’क्त’चा’पले म’स्ति’ष्कघा’त भई त्यसको असरले उहाँको शरीरको देब्रेतर्प समस्या देखिएको थियो ।

उच्च र’क्त’चा’पका कारण म’स्ति’ष्क’घा’त भई बिरामी हुनुभएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्पत काठमाडौँ लगिएको हो ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्पत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

अचानक काठे पुलबाट खसेर ३० वर्षीय विजय बेपत्ता, खोजीकार्य हुँदै

गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।

साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पु- याएको छ ।

पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०÷८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुु¥याउने घोषणा गर्नुभएको थियो ।

अब श्रमिकले आधारभूत पारिश्रमिकबापत रु नौ हजार ३८५ र महँगी भत्ताबापत रु पाँच हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ३६१ र महँगी भत्ता रु २१६ गरी प्रतिदिन रु ५७७ पाउने छन् ।

यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघन्टा रु ७७ पुुगेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ ।

श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१

यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक रु १२ हजार ८१ तोकेको हो ।

यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु ११ हजार ५६१ रहेको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button