अष्ट्रेलियाको सनसाइनकोष्टमा डुबेर पर्वत घर भएका नेपाली युवाको मृत्यु

१५ माघ, काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर अष्ट्रेलियाको ब्रीजबेन नजिक सनसाइनकोष्टमा पर्वत घर भएका एक नेपाली युवाको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघ कुइन्सल्याण्डका अनुसार डिपेन्डेण्ट भिसामा रहेका ४० वर्षिय युवाको पौडी खेल्ने क्रममा पट मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेका ती पुरूष केही बेरपछि पानीमा खसेर बेपत्ता भएका थिए।

मंगलबार साँझ ५ बजेतिर बेपत्ता ती पुरूषको शव साँझ ८ बजेतिर करिब ६ मिटर तल तलाउबाट प्रहरीले निकालेको थियो। मृतक आफ्ना चार जना साथीसँगै झरनामा पुगेका थिए।

मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ। ती पुरूष १८ महिनाअघि मात्रै डीपेन्डेन्डका रुपमा अष्ट्रेलिया गएका थिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button