अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी रोजी रानाको निधन

क्यालिफोर्निया, अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको निधन भएको छ । विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृ त्यु भएको थियो ।

जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य श व सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् ।

रानाको केकस्तो रोगको संक्रमणबाट मृत्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृ तक युवतीको श व नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पूरा गरी श व स्वदेश पठाउन करीब दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए ।

अमेरिकाबाट नेपाल शव पठाउन निकै लामो समय र जटिल प्रशासनिक एवं एयरलाइन्ससम्बन्धी प्रक्रिया पूरा गर्नुपर्दछ ।

रानाको अन्तिम इच्छापनि आफ्नो शव नेपालमै पठाएर दा हसंस्कार गर्नु रहेको र त्यसै अनुशार महामारीका बीचपनि श व नेपाल पठाइएको जनाइएको छ ।

नेपालमा बिहिबार रातीदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने भएपनि त्यसको ठीक अगाडि शव नेपाल पठाउन सम्भव भएको हो ।

रोजी रानाको एक अनौठो रोगको कारण गत अप्रिल १७ तारिखमा क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरल हस्पिटलमा दुखद निधन भएको हो । भण्डारीले भन्नुभयो – ‘केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ आफने सुन्दर भविष्यको खाका को र्न तल्लिन रहनु भएकी रोजीको निधनले हामी सवै म र्मा हत भ ए का  छौं ।

यस दुखद अवस्थामा उहाँको ईच्छा अनुसार उहाँको पार्थिव शरीरलाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ ।’

भण्डारीले रोजीको परिवारका सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्दै दि वंग त आ त्मा को ची र शा न्तिको कामना समेत गनुएभएको छ ।

रोजीको पार्थिक शरीरलाई क्यालिफोर्नियावाट आन्तरिक शव व्यवस्थापनको जिम्मेवारी सहित श वगृ ह हरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो ।

रोजीको शव बुझ्न आफै विएफडव्लु एयरपोर्टमा गएर शव बुझेर फर्कदा मनमा एकखालको नरमाइलो र अनौठो अनुभूति भएको भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो – ‘अमेरिकाको सपना बोकेर आएकी एउटी नेपाली चेलीको श व बा कसमा प्या क भएर आएको देख्दा अत्यन्तै न रमाइलो अनुभव भयो ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button