अभिनेता विराज भट्ट घाइते, भारतको लखनउमा उपचार हुँदै कस्तो छ अवस्था ?

काठमाडौ । अभिनेता विराज मट्ट घाइते भएका छन् । उनको अहिले भारतको लखनउ स्थित अस्पतालमा उपचार भइरहेको छ ।

चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घाइते भएका हुन् ।

उनी भोजपुरी चलचित्र अभिनयका लागि भारत पुगेका थिए । ‘आक्रोश’ चलचित्रको छायांकनका क्रममा घाइते भएका उनलाइ अस्पताल भर्ना गरिएको हो । भट्ट घाइते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको छ ।

चलचित्रका लागि ‘एक्सन स्टन्ट’ गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चो ट लागेर उपचारका लागि लगिएको छ ।

उनको खुट्टामा र ग त जमेका कारण दुई साता आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।

सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ ।

४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको छ ।

लामो समयदेखि प्रेमसम्बन्ध रहेका पूर्व मिस नेपाल सृष्टि र सौगात मल्ल विबाहको तयारी गर्दै !

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सौगात मल्ल । उनी लामो समयदेखि अभिनेत्री सृष्टि श्रेष्ठसग प्रेमसम्बन्धमा छन् ।

उनीहरुबीचको प्रेमसम्बन्ध चर्चा लामो समयदेखि भइरहेको छ, तर उनीहरुको विवाहको सुरसार भने देखिदैन ।

धेरैको प्रश्न छ, उनीहरु कहिले विवाह गर्छन् । केही समयअघि उनस्हरुको विवाह हुने चर्चा थियो ।

तर पछि कोरोना महामारीका कारण त्यो चर्चा त्यसै सेलायो । अब भने उनीहरुको विवाह हुने पक्का भएको र उनीहरु तयारीमा जुटेको समाचार पनि बाहिर आएको छ । सौगात पछिल्लो समय फिल्म खेल्न भन्दा निर्माणमा लागेका छन् ।

सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनले लगानि पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button