अब एमाले एकता नहुने ! यस्तो निष्कर्ष सहित आइतवार एमालेको स्थायी समिती बैठक बस्ने निर्णय

काठमाडौ । नेकपा एमालेको एकता अब करिब नहुने जस्तै भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो अडानमा अडिग भएका कारण एकता अब करिब टुंगिएको छ ।

अध्यक्ष ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छन् तर नेपालले माधव नेपालले ओलीसमान हैसियत र हरेक निर्णयमा संयुक्त हस्ताक्षर हुनपर्ने माग राखेका छन् ।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । शनिवार नै राखिएको बैठक विघटित कार्यदलको आग्रह अनुसार आइतवारका लागि सारिएको हो ।

आइतवार दिउसो तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकले अब माधव नेपालबीना पार्टीलाई अगाडी बढाउने भएको छ ।

एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् । नेपालसंग सहमति नभएपछि अब सबै प्रकृया अगाडी बढाउने निष्कर्ष सहित बैठक बस्न लागेको हो ।

विघटित कार्यदलका सदस्यहरूको शनिबार बिहान बसेको बैठकले स्थायी समिति बैठक स्थगित गरेर सहमति जुटाउन प्रयास गरेको थियो । सोही अनुसार माधव नेपाल पक्षका नेताहरू भीम रावल र सुरेन्द्र पाण्डेले शनिबार ओलीलाई भेट्न पुगेका थिए ।

उनीहरुले माधव नेपालको प्रस्ताव ओलीसंग राखे । तर ओली नेपालको प्रस्तावमा सहमत नभएपछि रावल र पाण्डे निरास भएर फर्किएका छन् ।

नेताहरूले अध्यक्ष ओलीले माधव नेपालबाहेकको पार्टी एकताको चाहना राखेको र माधव नेपालले पनि ओलीसमान हैसियत खोजेकाले एकता प्रक्रिया जटिल बन्दै गएको बताएका छन् ।

एमालेका दोस्रो तहका नेताहरु एकता प्रकृया अघि बढाउन भन्दै बैठक भेला गरिरहेका छन् भने ओली र नेपाल भने एक अर्का विरुद्ध कडा टिप्पणीमा उत्रिएका छन् ।

ओलीको घोषणा : माधव नेपालका लागि पार्टीमा ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्।

‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्‍याए ।

प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button