अन्त्यष्टिका लागि चितामा सुताइएका मलिक आगो लगाउने बेलामा जुरुक्क उठेर बसेपछि…
एजेन्सी । असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ ।
यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।
मलामी गएकाहरुको भागाभाग भएको थियो । चितामा शब चलमलाउन थालेपछि मलामी डराएका थिए । त्यसैबीच उनी उठेर चितामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे ।
उनीहरुले मृत्यु भएको ठानेका ब्यक्ति जिवितै थिए । सीमान्चक मलिक नाम गरेका ति ब्यक्तिलाई अहिले अस्पताल लगिएको छ । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।
शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृ’त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बे’हो’स भएको चिकित्सकहरुले बताएका छन् ।
यो पनि,,,श्रीमानको मृत्युको खबर लिएर पुगेका गाउँलेले जव घरमा ४ छोराछोरी र श्रीमतीको शव
श्रीमान श्रीमतीबीच भएको सामान्य विवाद पछि एक ब्यक्तिले आफ्ना ४ छोराछोरी र श्रीमतीको ज्या न लि ‘ए’र आफुले पनि देह त्याग गरेका छन् । यो भारतको उदयपुरमा भएको घटना हो । मृ त्यु हुनेमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । चार जनाको मृ त्यु भए पछि ति युवकले पनि देह त्याग गरेका हुन् ।
उदयपुरको खेरवारा थाना क्षेत्रको रोबिया गाउँमा बस्ने यि पुरुष रुखमा झु’ण्डि’एको देखेपछि स्थानियले प्रहरीलाई खबर गरे । प्रहरीले शुक्रबार राती अबेर भएको यो घटनाको सूचना प्राप्त पायो । सूचना पाएपछि उच्च प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान थाले ।
प्रारम्भिक सूचनाको आधारमा पछिल्लो कुरा थाहा भयो कि श्रीमान् र श्रीमतीको बीचमा रातभरि कुनै कुराको बारेमा विवाद भएको थियो ।
रोबिया गाउँका मानिसहरूले रूखमा झु’ण्डि’एको पुरुषको श’व देखेपछि उनको घर पुगेका थिए । घटनाको जानकारी दिन घरमा पुग्दा बाहिरवाट साँचो लगाएको थियो । तर घर बाहिर सुकेको र’ग’तको संकेत थियो। गाउँलेहरूले यसबारे पुलिसलाई जानकारी गराए।
जब पुलिस घटनास्थलमा पुगे र घरभित्र पसे त्यहाँ दृश्य अचम्मलाग्दो थियो। घरमा युवकको श्रीमती र चार निर्दोष बच्चाहरूको र’ग’त बगिरहेको थियो।
यो पनि,,श्रीमान्ले अर्को दल रोजेपछि सांसद श्रीमतीले गरिन् सम्बन्ध विच्छेदको घोषणा
पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ। सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना पठाएका छन्।
पश्चिम बङ्गालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। सोमबार श्रीमती खानले बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन्।
उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन्।
त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरे।
उनले श्रीमतीलाई आफ्नो थर प्रयोग नगर्न समेत भनेका छन्। उनले भने, ‘कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू। म तपाईँलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु।’
‘टीएमसीले मेरो श्रीमती चोर्यो, मेरो माया लग्यो,’ उनलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको कुरा बीबीसी नेपालीमा उल्लेख छ। यो घटनापछि विभिन्न पत्रपत्रिकाले यी दुईको अन्तर्वार्ता छापेका छन्।
‘उनी मेरो माया थिइन्। उनी साह्रै राम्रो श्रीमती थिइन्। उनी मेरो एकमात्र कमजोरी थिइन्,’ श्रीमान् खानले एक पत्रकारलाई भनेका छन्।
उनले आफ्नो निर्वाचनमा श्रीमतीको भूमिका रहेको स्वीकारेका छन्। एक मुद्दाका कारण आफ्नै निर्वाचन क्षेत्रमा जान प्रतिबन्ध लागेका खानका लागि श्रीमतीले चुनावी अभियान नेतृत्व गरेकी थिइन्।
अन्य एक पत्रकारलाई श्रीमतीलाई यथोचित सम्मान नभएको कुरा गलत भएको दाबी गर्दै उनले भने, ‘मोदीले उनलाई बहिनी भन्छन्। योभन्दा बढी के चाहियो?’ श्रीमती खानले आफूलाई श्रीमानले वास्ता नगरेको बताइन्।
‘उनी राजनीतिमा व्यस्त भए। मेरो लागि समय दिएनन्। उनले महिनौँदेखि मैले खाएँ कि खाइनँ भनेर पनि सोधेका छैनन्।’