अनौठो घटना : शुक्रवार देखि हराएको जहाज साइबेरियामा भेटियो, के भयो जहाज चढेको १९ जना यात्रुलाई ?

एजेन्सी । रुसमा २८ जना यात्रु भएको विमान हराएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको २ हप्ता नबित्दै शुक्रवार अर्को जहाज पनि हरायो । एयर ट्राफिक कन्ट्रोलको राडारबाट अचानक विमान सम्पर्क विच्छेद भएपछि खोजी थालियो ।

तर अचम्म त्यो जहाज यात्रु सहित साइबेरियामा भेटिएको छ ।

विमानमा १९ जना यात्रु थिए । यात्रुवाहक विमान कन्ट्रोल राडारको सम्पर्कवाट हराएपछि तत्काल खोजी थालिएको हो । तर सो विमान दुर्घटना हुनवाट जोगिएको छ ।

विमानका पाइलटले विमानको ‘हार्ड ल्याण्डिङ’ गरेर यात्रुहरुलाई बचाएका थिए । रुसको आकस्मिक मन्त्रालयलाई उद्धृत गर्दै अल जजीराले जनाएअनुसार विमानमा भएका सबै १९ जना यात्रु जीवित बाँच्न सफल भएका छन् ।

सिला कम्पनीले संचालन गरिरहेको यो विमान शुक्रबार केद्रोभीबाट तोम्स्कको लागि उडेका बेला हराएको थियो । पछि यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो र हेलिकप्टरबाटै यो विमान देखिएको थियो ।

आकस्मिक मन्त्रालयका अनुसार सबै १९ जना यात्रु जीवित बचेका छन् र उनीहरुलाई त्यहाँबाट शहरको अस्पताल ल्याउने काम भइरहेको छ ।

रुसमा अर्को सानो एयरक्राफ्ट एएन–२६ दुर्घटना भएर सबै २८ जनाको मृत्यु भएको २ हप्ता नबित्दै यो घटना भएको हो ।

२ दिनको लागि एक महिलालाई प्रेमी चाहियो, त्यसको लागि १ लाख भन्दा बढी रकम पनि पाइने !

संसारमा धेरै चीजहरू भाँडामा उपलब्ध छन्, तर न्यू योर्ककी एउटी महिलाले आफ्नो सासुका लागि यस्तो विज्ञापन दिएकी छन, जुन सोशल मिडियामा भाइरल भइरहेको छ।

यस विज्ञापनमा, महिलाले आफ्नो सासु सासका लागि ‘प्रेमी चाहिएको छ’ भनेर माग गरेको छ।

दुई दिनसम्म उनकी सासुसँगै बस्ने यस व्यक्तिलाई १ हजार अमेरिकी डलर दिइनेछ।

न्यू योर्कको हडसन उपत्यकाकी ति महिलाले सोसल मिडियामा पोस्ट गरेको एउटा विज्ञापनमा भनिएको छ कि उनलाई विवाहको लागि र भोजमा उपस्थित हुन उनको ५१ वर्षीया सासुको लागि साथी खोजेकी हुन्।

दुई दिनसम्म उनी आफ्नी सासुसँग बसिदिनु पर्यो, जसका लागि उनले एक हजार अमेरिकी डलर अर्थात् नेपाली १ लाख भन्दा बढी रूपैयाँ दिने बाचा गरेकी छन्।

वास्तवमा ति महिलाले कुनै विवाह समारोहमा जादै छिन, जसको लागि उनी आफ्नी सासुलाई पनि साथमा लिएर जान चाहन्छिन्। उनी सासूलाई यो विवाह भोजमा आफु जस्तै उनको सासुको सुन्दर जोडी देखियोस भन्ने चाहान्छिन्। विज्ञापनमा यस्तो लेखिएको छ कि “म विवाहको लागि शुक्रवार साँझदेखि शनिबार साँझसम्म मेरी सासूको लागि एक प्रेमी खोज्दैछु। उनीसँगै बस्नुपर्नेछ र आफ्नो सासूको हेरचाह गर्नुपर्नेछ। दुई दिनको लागि मात्रै। ”

विज्ञापनमा लेखिएको छ “सासूले सेतो लुगा लगाउँछिन्। र उनको जोडीले पनि उनि संग सुहाउँदो कपडा लगाउनु पर्ने हुन्छ। दुई दिनमा गरे बापत १ हजार डलर कमाउन सकिन्छ।

” विज्ञापनमा यो पनि लेखिएको छ कि यस कामका लागि उनलाई त्यस्ता व्यक्ति आवश्यक छ, जसको उमेर ४० देखि 60 वर्ष बीचको होस । मेरी सासु एक राम्रो डान्सर हुन् र बोल्न पनि राम्रो छिन्।

सोसल मिडियामा यो विज्ञापन देखेपछि, प्रयोगकर्ताहरूबाट धेरै टिप्पणीहरू आएका छन्। कसै-कसैले लेखेका छन् कि यो शानदार र रमाइलो छ छ, जबकि एक प्रयोगकर्ताले यसको लागि एक व्यक्तिलाई सिफारिस पनि गरेको छ।

एक महिलाले भनिन् कि “जब मैले यो पढें, मैले तुरुन्तै मेरो लोग्नेको बारेमा सोचेँ।” तेस्रो प्रयोगकर्ताले लेखे कि “यो गाह्रो छ, तर कहिलेकाँही यो ठीक छ। यो एकदम राम्रो सम्झौता हो, त्यहाँ अरु त्यहाँ के अफर हुन सक्छ र?” भन्दै प्रश्न सोधेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button