अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना गर्न प्रशासनले प्रहरीलाई दियो निर्देशन

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ ।

वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । ब्यारिकेट सडकमा बार लगाएर सवारी आवागमन नियमनका लागि गरिएको चेकिङ पद्धति हो ।

ब्यारिकेड भएको स्थानबाट सहजै सवारीसाधन भाग्ने सम्भावना हुँदैन । अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको पहिलो दिनका गतिविधि र आदेश पालनाबारे विश्लेषण गरी थप रणनीति बनाइने बताए ।

‘कोरोना महामारीविरुद्ध लिइएको निषेधाज्ञासम्बन्धी मन्त्रिपरिषद्का निर्णय र उपत्यकास्थित तीनवटै जिल्ला प्रशासनका आदेश कार्यान्वयनका लागि अत्यावश्यकबाहेकका बजार, आवागमन, यातायात र मानिस ओहोरदोहोरमा यो स्वाभाविक किसिमको बन्देज हो,’ प्रवक्ता दाहालले भने, ‘पहिलो दिन कुन रूपमा आदेश पालना वा उल्लंघन हुन्छ, त्यसकै आधारमा आगामी रणनीति बन्छ ।’

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले उपत्यकामा निषेधाज्ञालाई सफल पार्न करिब २ हजार जनशक्ति फिल्डमा खटिएको बताए । फिल्डमा खटिएका र ब्यारेकमा रिजर्भ रहेका फौजलाई एकअर्कामा संक्रमण जोखिम हुन नदिन छुट्टाछुट्टै मेस र बासस्थानको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

यो पनि,,,भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढ्दै, नेपालले पनि भारतको जस्तै मोड लिँदै

कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्।

सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा एक जना संक्रमितले दुई व्यक्तिलाई संक्रमण सारिरहेको बताइन्।

डा. श्रेष्ठका अनुसार संक्रमणदर हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो वर्ष नेपालले पनि भारतको जस्तै मोड लिँदै छ’, डा. श्रेष्ठले भनिन्, ‘भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढेको छ। पोजेटिभ दर बढ्दै जाँदा समुदायमा संक्रमण छिटो फैलिरहेको बुझ्न सकिन्छ। मृत्युको संख्या पनि बढेको छ। यही दरमा बढ्दै गए एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौँ।’

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट यो मात्रामा संक्रमण पुष्टि भएको हो।र हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ जनामा कोरोना देखिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button