अचानक किन रोकियो काठमाडौको खोप कार्यक्रम ? सूचना हेर्नुस्

काठमाडौ । काठमाडौमा सुरु भएको खोप कार्यक्रम अचानक स्थगीत भएको छ । खोप अभाव भएको भन्दै काठमाडौंमा जारी खोप अभियान स्थगित गरिएको जानकारी गराइएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन गरिएको जानकारी दिएको छ ।

असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो। तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

सरकारले चीनबाट खरिद गरेको मध्ये ८ लाख मात्रा खोप ल्याएपछि खोप अभियान सुरु गरिएको थियो।

अर्को समाचार,चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।

यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

त्यसैगरी नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।

अमेरिकामा एक महिलाले पत्ता लगाइन् आइफोनबाट क्यान्सर

एक महिलाले आफ्नो तीन महिनाको छोरालाई क्यान्सर भएको कुरा आइफोनको क्यामेरावाट थाहा पाएकी छन् । यो घटना अमेरिकाको हो । उनले त्यतीकै आफ्नो तीन महिने छोराको फोटो आइफोनवाट लिइरहेकी थिइन् ।

त्यही बेलामा उनको कोठाको बत्ती गयो र आइफोनले क्यामेराको फ्लास अन गर्यो । जसवाट उनको छोराको आँखामा क्यान्सर भएको थाहा भएको हो ।

यो घटना अहिलेको भने होइन । करिब सात वर्ष अगाडि जर्जियाकी ४१ वर्षिया जोसी रकले आफ्नो छोरा एसरको फोटो खिच्दा उनलाई आँखाको क्यान्सर रहेको थाहा पाएकी हुन्।

त्यो बेला एसर तीन महिने शिशु थिए। उनले सुरुमा आफ्ना नर्स साथीहरुसंग यसबारेमा कुरा राखिन् ।

उनीहरुले डाक्टरलाई देखाउन सल्ल्लाह दिए । डाक्टरलाई देखाउँदा उनका छोरालाई वास्तवमै आँखाको क्यान्सर भएको पुष्टि भएको थियो ।

जोसीले फोटो खिच्न लाग्दा झुक्किएर क्यामराको फ्ल्यास अन भएको थियो। पछि सो फोटो हेर्दा एसरको दाहिने आँखामा सेतो चमक देखिएको थियो।

आँखाको त्यो चमक क्यान्सरको दुर्लभ प्रकार ‘रेटिनोब्लास्टो’मा भएको थाहा पाएर जोसीले तुरुन्तै छोरालाई अस्पताल लगेको एप्पल इन्साइडरले जनाएको छ।

‘रेटिनोब्लास्टो’ एक प्रकारको आँखाको क्यान्सर हो जुन आँखाको पछाडीबाट सुरु हुन्छ। यस्तो क्यान्सर प्राय बालबालिकामा देखिन्छ र यसलाई फोटो फ्ल्यासबाट पहिचान गर्न सकिन्छ। ‘

डाक्टरले जाँच गरेपछि एसरलाई ग्रेड–डी ‘रेटिनोब्लास्टो’ भएको पक्का भयो,’ जोसीले भनिन्, ‘बेलैमा क्यान्सर पत्ता लगाएको हुनाले एसरको उपचार अगाडि बढाउन सक्यौं।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button