अक्सफोर्डको खोप वितरण सुरु भयो बेलायतमा

 काठमाडौं ; बेलायतले आफ्नै देशमानिर्मित कोभिडविरुद्धको खोप आम मानिसमा लगाउन सुरु गरिएको छ। अक्सफोर्ड विश्वविद्यालय र एक्सट्राजेनेका कम्पनीले संयुक्त रुपमा निर्माण गरेको खोपलाई सोमबारदेखि आमरुपमा लगाउन सुरु गरिएको हो । 

यसअघि फाइजर बायोनटेकद्वारा निर्मित कोभिड खोपको १० लाख बढी डोज पनि बेलायतले वितरण गरिसकेको छ । अक्सफोर्ड खोपको पहिलो डोज ८२ वर्षीय ब्रायनपिंकरलाई दिइएको थियो । दुवै मृगौला बिग्रेर डायलालिस गराउँदै आएका वृद्धले बेलायतमै निर्मित खोपको पहिलो डोज पाउँदा निकै गौरवान्वित महशुस भएको प्रतिक्रिया दिएका छन् । 

बेलायतका लण्डन, अक्सफोर्ड, ससेक्स, ल्यांकाशायर र वारविकशायस्थित ६ वटा हस्पिटल ट्रस्टले सोमबारदेखि अक्सफोर्डको कोभिड खोप बाँड्न थालेका हुन् । यही साताभित्रै देशभरका सयौं जीपी सर्जरी र केयर होमहरुमा समेत लाखौं डोज पठाइने बेलायत सरकारले जनाएको छ । 

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले कोरोना महामारीविरुद्धको लडाईंमा अक्सफोर्डको खोप निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । आउँदा केही साताहरु सहज नहुने भन्दै उनले महामारीबाट मुक्तिको लागिखोप नै अन्तिम विकल्प हुने बताएका छन् । 

बेलायतले एक साताअघि मात्रै अक्सफोर्ड एक्सट्राजेनेका खोपलाई आम प्रयोगको अनुमति दिएको थियो । खोपको १० करोड डोज बेलायतले सुरक्षित गरिसकेको छ । अक्सफोर्ड र फइजर बायोनटेक दुवै गरी अहिलेसम्म देशको पूरै जनसंख्यालाई आवश्यक डोज सुरक्षित गरिसकिएको सरकारले बताएको छ । 

तुलनात्मक रुपमा व्यवस्थापन र भण्डारणका लागि अक्सफोर्डको खोप बढी सहज ठानिएको छ । फाइजर बायोनटेकको खोप माइनस ७० डिग्रीको तापक्रममा स्टोर गर्नुपर्नेमा अक्सफोर्डको खोप सामान्य तापक्रमको फ्रिजमा राख्न सकिने बताइन्छ । त्यस्तै, फाइजर बायोनटेकभन्दा झण्डै ५ गुणा कम खर्चिलो अक्सफोर्ड खोपको एक डोजको मुल्य३ पाउण्डभित्रै पर्ने भनिएको छ । 

अक्सफोर्ड एक्सट्राजेनेका खोप वितरणको लागि बेलायतभरमा १ हजार बढी खोप केन्द्रहरु स्थापना गरिंदैछ । केयर होमका बासिन्दा र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी एवम् कर्मचारी, ८० वर्ष माथिका वृद्धवृद्धा र एनएचएस फ्रन्टलाइनर खोप पाउने पहिलो प्राथमिकतामा छन् । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button