अकबरे खुर्सानीले बनायो ईलामका मदनलाई करोडपति, यसरी जोडे खुर्सानी बेचेरै डेढ करोडको सम्पत्ति (भिडियो)

काठमाडौं । खुर्सानी एक लोकप्रिय तरकारी तथा मसला बाली हो । खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ ।

नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ ।

खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि पिरो हुने गर्दछ भने अकबरे खुर्सानी असाध्यै मिठोे र लोकप्रिय खुर्सानी मानिन्छ ।

ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।

यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।

यो पनि,,,,यो गिरोह संग भेटिएको थियो महिलाको औंला, खोज्दै जाँदा प्रहरी नै चकित

काठमाडौ । कपिलवस्तुमा अनौठो घटना सार्वजनिक भएको छ । महिलाका हातका औला लाखौंमा विक्रि हुन्छ भन्दै महिलाको ज्या न लिुए र बेच्न हिड्ने मानिस पक्राउ परेका छन् । उनीहरुले एउटा घटना गराएर महिलाको औंला समेत बेच्न हिडेका थिए ।

प्रहरीले घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेपछि यो रहस्य खुलेको हो ।

ता न्त्रि क विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिला माथि घटना गराएका थिए । यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा एक महिलाको श व फेला परेपछि अनुसन्धान गर्दै जाँदा यस्तो अनौठो रहस्य खुलेको हो ।

उनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जी थिइन् ।

उनको हातको औंला नभएको श व फेला परेको थियो । उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा महिला माथि घटना गराएका थिए ।

महिलाको औंला बिक्रिका लागि भन्दै उनीहरुले वजार लिएर गएका थिए । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल छन् ।

प्रहरीका अनुसार चैत १२ गते राति दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी भेट्न बोलाएका थिए । त्यसपछि उनीहरुले कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट दर्जीलाई फकाएर बेतिया नदी छेउको चउरमा लगेर केहीबेर गफ–गाफ गरे ।

पछि उनीहरुले दर्जीको घाँ टी थि चे । महिलाको हातका औंला निकालेर श व बोुरामा हा ले र नदिमा ब गा ए । बोरामा ढुुंगा पनि राखेका थिए । उनीहरुले हातका औँलाहरु लाखौँ रुपैयाँमा बिक्री हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button